Tuesday, October 6, 2020

" फेसबुके माया " (2020)

           गाउँमा असी वर्षका बुबा, विदेशबाट छोराको फोन आउने आशामा बसेका छन आज बुबाको जन्मदिन छोरा बुहारीलाई नि सम्झना नभएको कहाँ हो , पोहोर साल दशैमा घर जादा बुबासंग गाला जोडेर खिचेको तस्वीर सम्झे, सरक्क निकाली बुबाको सम्झना झल्काउने गुगल सर्च गरिएका अंग्रेजी हरफहरुसंगै पोष्टिए फेसबुकमा बुबाको फोटोमा लाइक शुभकामना दिनेको संख्या ह्वात्तै बढयो साथिसंगी, छरछिमेकी, आफन्त, चिनेजानेका सवैले रंगरंगका शुभकामना सन्देशले फेसबुकको भित्ता चम्कीए, तर उता वुढा बा चै छोरोको फोन नै कुरी रहे, दुई शव्द सुन्न मात्र पाए हुन्थ्यो भनि रहे तर फोन आएन छोराले आफ्नो फेसबुक भित्तामा आएका सयौ लाइक हेरे, कमेन्ट पढे, सवैलाई धन्यवाद दिदै खुशि व्यक्त गरे, मानौ ठूलो साचेको काम पुरा भयो यो कस्तो विडम्वना, बाबुले छोराको फेसबुके मायाको पत्तो नै पाएनन, यता छोराले माया प्रदर्शन पश्च्यात सन्तोषको सास फेरे हुन पोहर औसिका दिनमा पनि छोरोले फेसबुकमा दिएको शुभकामना बुढाले धेरै पछि भतिजले भनेर मात्र थाहा पाएका थिए।

    शहरमा बसेका विवाहित जोडी, तर घरमा बोलचाल बन्द आयो प्रणय दिवस, बोल्न करै लाग्यो श्रीमतीले नै बोलिन, यही उपलक्षमा राती बाहिरै खाना खान जाने निश्चित भयो दिउँसो दुवैले एक अर्कालाई शुभकामना दिदै जन्मजन्मको साथ हाम्रो, अझै सात जुनिको आश भनि पोष्टीए लाइक कमेन्ट घण्टै भरमा वाढी आइ भित्ता भरि हिलो सरि पोतियो गज्जवको जोडी, कस्तो राम्रो, लैला मज्न, रब ने बनाइ जोडी, मेड फर इच अदर आदि कमेन्टहरुको धन्यवाद दिन जोडीलाई त्यो दिन भ्याइ नभ्याइ नै भयो राती प्रणय दिवस डीनरफोटा पनि पोष्टीए दुवैले, धेरैले विहानी सम्ममा मन पराइ, वाहवाही दिए, थुप्रै लाइक बटुल्न सफल भयो जोडी फेसबुके मायाको वाहवाहीमा रमाउन नपाउदै विहान मदिराले छोडे झै उही पुरानो यथार्तमा जीवन आइपुग्यो फेसबुके माया, फेरि उही अन्तहिन नोक झोक शुरु भै सकेको थियो यसलाई नजर अन्दाज गर्दे हतारमा रोजीरोटीमा दौडिए श्रीमान, यता घरधन्दामा अल्झिन श्रीमती कार्यलय पुग्न नपाउदै, कार्यलयकी मायालु ठुस्स पर्दे भनिन, हिजो मलाई विर्सियौ तिमीले ङीच्च गर्दे भने फेसबुकमा उनी भएपनि, मनमा तिमी नै छौ नि, यसो समाजलाई देखाउन पनि गर्ने पर्यो नि, उनले कुरा छले

    विहानै आमाले जन्मदिनको टिको लगाइ विद्यालय पठाएको सानो छोरो, भरे केक काट्नु पर्छ भनि पिराउन थाल्यो हुन के गरोस उसले यताउता टिको लगाएर जन्मदिन मनाएको देखेकै छैन, चलन नै केकको चौरासी पुजा देखि मुख हेर्ने दिन केक नभइ हुदैन, केटाकेटीलाई के भन्नु चलन चल्तीको गर्नै पर्यो छोराछोरीका माता पीतालाई पनि फेसबुके माया देखाउने यो एउटा सुवर्ण अवसर पनि हो छोराछोरीलाई यसो समय दिनु, उनीहरुसंग कुरा गर्नु भन्दा यो सजिलो वाहवाही पाउने गतिलो माध्यम पनि हो एक हिसावले बाबु आमाले आफ्ना्सन्तान यति वर्षको भयो भनि जानकारी दिन यो राम्रै माध्यम पनि हो तर वषौ सम्म आफ्नो जिम्मेवारीबाट पन्छिएका बुबाआमाले पनि छोराछोरीका जन्मदिन पारी अनेक बिलौना गरि फेसबुके माया सन्तानका फोटो प्रदशन गर्ने चलन चै हास्यपद नै हो फेरि, साथिसंगी, गन्यमान्य, छरछिमेकी, नातागोता, आफन्त, चिनेजानेकाले हतार हतारमा यस्तै बिलौनालाई सहानुभुति स्वरुप लाइक ठोक्न विर्सदैनन अनेक रंगीविरंगी शुभकामना सन्देशले फेसबुके माया प्रमाणित गरि ल्याप्चे लगाइ दिइ हाल्छन हुनत दुई शब्द लेखि लिदा पैसा पर्ने पनि होइन कयार, के विग्रियो लाइक ठोक्दैमा, दुई शब्द लेख्दैमा < परे कुनै बेला कामै लागि हाल्छन की भन्ने आसको त्यान्द्रो अल्झेको मन कसको हुदैन < तर पनि जसको वारेमा लेखिन्छ ती नाबाल, बृद्धले सुइको पनि पाउदै फेरि उता फेसबुके माया जताउनेलाई पनि मनमा सितलता, गर्व अनुभव, इज्जतै बढे सरी हुने

    जन्मदिन, दिवसमा मात्र यी फेसबुके माया सिमित छैन पशुपतिमा जल्दै गरेका शरिर हुन या अस्पतालको भेन्टीलेटरमा मुर्छित आत्मा हुन यस्तै मायाले मान्छेलाई रोर्वट बनाउदै कोमामा गएका विरामीका हुन या तेर्ह दिने जुठो बार्दै गरेका आफन्त, स्वजन हुन, जताततै यस्तै माया छताछुल्ल आजकल संवेदना आत्मियता हराउदै गएको तर फेसबुके माया पलाउदै झागिदै गएको अवस्था हो फेसबुके माया दिनेले दिएकै छन तर लिनेले लिए की लिएनन अत्तो पत्तो नै छैन आज समाजको पहिले भन्दा साह्रै भिन्न

    माथिका सवै हाम्रै समाजका प्रतिनिधि पात्रहरुका यर्थातका धरातल हुन आत्मिय मायालाई बिर्सेर देखावटी मायामा अल्झिएको समाजको ऐना मात्र हो फेसबुके माया दर्शाउने क्रम, देश विदेश, सहर बजार मात्र होइन गाउँ गाउँसम्म पनि पुगेको छोराको फेसबुके माया ति असी वर्षे बा ले थाहा पाउछन, बाको त्यो माया सानो पाँच कक्षामा पढने बच्चोले थाहा पाउछ फेसबुके माया देखाएर आफ्नो झारो टार्ने, देखावटी पन समाजमा स्थापित हुदै गइ रहेको

    बालबालिकाले खोज्ने भनेको अविभावकको साथ, स्नेह, ममता माया हो तर हामी के दिन्छौ, उही फेसवुके माया दिई जिम्मेवारी पुरा भएको वोध गर्दछौ, वाहवाही बटुल्न तिर लागेका छौ केकतिर होइन, क्यामारा तिरै तेर्सिएका आखाँले हाम्रो बनाबटीपन दर्शाइ रहेको भेउ नै पाउदैनौ ठूलाले जे गरे सानाले उही सिक्ने हो व्यवहार सम्वन्धी धेरै अध्ययनले पनि देखाएकोछ, व्यक्तिको सिकाइको पछाडि घर, परिवार, समुदाय, समाज, मूल्य मान्यत, संस्कृति आदिको प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारेकै हुन्छ उमेरै नपुगि बालबालिकाका नाममा खोलिएका अवैध फेसबुक एकाउन्टमा पनि उनीहरुले उही सिको गर्दे लाइक गन्ने कमेन्ट पढि रमाउन थालीसकेका छन

    अभिवाभक बिरामी हुदा अस्पताल पुराउनु भन्दा स्वास्थ लाभको कामना फेसबुकमा पोष्टीन दिन देख्न हामीले अव धेरै वर्ष कुर्नु पर्ने छैन कुमालेका माटोलाई जस्तो आकार दियो उस्तै मुर्ति तयार हुन्छ हाम्रा सन्तति हाम्रा ऐना हुन हामीले सक्कली रुपमा बाच्न सिकायौ, उनीहरु त्यसरी नै जीउन सिक्छन हामीले आत्मसम्मानको जीन्दगी बाच्न सिकायौ, उनीहरु उस्तै जीवन रुचाउन थाल्छन हामी देखावटीपनमा अल्झौ माया देखायौ, उनीहरुले पनि भाोलि हामीलाई उही आत्मा विहिन देखावटी फेसबुके माया नै देखाउनेछन

 अस्तु

" फेसबुके माया " (2020)

              गाउँमा असी वर्षका बुबा , विदेशबाट छोराको फोन आउने आशामा बसेका छन । आज बुबाको जन्मदिन । छोरा बुहारीलाई नि सम्...