जव सानो थिए, गाउँमा घाँसको भारी डोकोमा बोकेर हिडेका आफु जस्तै साना केटाकेटी देख्दा टीठ लाग्थ्यो, मनले कठै भन्थ्यो । विचराहरु, यो उमेरमा घाँस, चीजवीजका यत्रो भारी बोकेर हिडनु परेको छ, विद्यालय जाने उमेरमा यसरी काममा खटिएका छन । मन जान्थ्यो, सधै उही उनीहरुले बोकेका आफु भन्दा ठूला भारीमा, “कसरी बोकेका होलान त्यती ठूला भारी, भारीले नै थिच्ला जस्तो !” अहो हामी त कति भाग्यमानी, न भारी बोक्नु परेको छ, न विद्यालय जान नपाइने अवस्था छ । आफ्नो भाग्य देखेर आफै प्रफुलित हुने दिन थिए ती ।
हिजोआज बाटोमा सकारै विद्यालय जान झोलाको भारी बोकेर नाम चलेका शहरी क्षेत्रका निजी विद्यालयहरुका विद्यार्थी भाइबहिनीहरुलाई जव देख्छु, ती मैले धेरै वर्ष अगाडि गाउँका घासँ–दाउराका भारी बोकेर हिडेका केटाकेटीहरुको झझल्को आउछ । मलाइ यिनीहरुमा भारी बोकाइमा तात्विक फरक लाग्दैन । उनीहरु त्यो दिनको रोजीरोटीका लागि भारी बोक्न वाध्य थिए, यिनीहरु भोलिको रोजीरोटीको लागि भारी बोक्न वाध्य बनाइएका छन । आफ्ना विद्यार्थीलाई भारी बोकाउनमा शहरी क्षेत्रका, नामको होडवाजीमा लागेका निजी विद्यालयहरु नै अग्रपन्तिमा पर्दछन भने त्यसको तुलनामा केही अपवाद वाहेक सामुदायिक विद्यालय चाहि यो भारी बोकाउने काम अलि कम होकी झै लाग्ने । यी विद्यालयका विद्यार्थीहरु मैले पढेको विद्यालयमा जस्तै कम भारी बोकाउनेमा पर्दछन होला सायद ।
जव सात कक्षामा पढने छोरीको झोला उचालेर अर्को ठाँउमा सार्न खोजे, मलाई गाह्रो पर्ला झै भयो, कति के.जी.को रहेछ, जोखेर हेरे । ठयाक्कै १० के.जी. को भारी रहेछ, सायद उहिले मैले देखेका नानीहरुका घाँसको भारीका हाराहारीमा नै हुनुपर्छ यो भारी पनि, अन्दाज काटे । सोधे “के के लान्छयौ हो यत्रो भारीमा” उनले वेलिविस्तार लाइ, “कक्षा पिच्छेका एक, दुईटा किताव, प्रत्येक विषयका गृहकार्य कापी, कक्षाकार्य कापी, कक्षामा जाँच लिने कापी इत्यादि इत्यादि ” । “अनि सवै लानै पर्छ र ?” मैले सोधे । उसले भनी “सवैले ल्याउछन, नल्याए सर–मीसले गाली गर्नु हुन्छ ” अचम्म लाग्यो, हामीले कहिले त्यती धेरै थरीका कापी किताव बोकेनौ; दुई, तीन के.जी. भन्दा बढी त कहिल्यै बोकेनौ झै लाग्छ । दिनमा हुने ६, ७ वटा कक्षाका लागि किताव अनि एउटा कक्षाकार्य गर्ने कापी, गृहकार्य भएको त्यो विषयको कापी भए पुग्थ्यो हामीलाई । हाम्रो पालामा भारी बोकाइ सहज थियो, यस अर्थमा पनि मैले मेरी छोरी भन्दा आफु भाग्यमानी महशुस गरे ।
सरसर्ती हेर्दा लाग्छ, आफ्नो क्षमता भन्दा ज्यादै धेरै गह्रौ झोला यी साना नानी–बाबुहरुले बोकी रहेका छन । विद्यार्थीको तौलको १० प्रतिशत सम्मको झोला बोक्नलाई सामान्य मानिन्छ र यसले कुनै हानी गर्देन भन्ने भनाई छ तर हाम्रा अधिकाशं विद्यालयमा विद्यार्थीहरुले सो भन्दा बढी तौलका झोला बोक्छन । ४० केजी तौल भएकी मेरी छोरीले दश के.जी.को झोला बोक्छीन, उनका लागि उपयुक्त तौल त चार के.जी.सम्मको मात्र हो तर उनले आफ्नो लागि उपयुक्त भन्दा पनि झण्डै तेब्बर तौल वा उनको तौलको २५ प्रतिशतको भारी बोकी हरेक दिन विद्यालय जान्छिन । भनिन्छ आफ्नो तौलका १५ प्रतिशत तौलको झोला बोक्दा पनि केटाकेटीहरुमा ढाड दुख्ने समस्या आउन सक्छ । त्यती मात्र होइन आफ्नो तौलको दुइ गुनाको झोला बोक्ने विद्यार्थीमा ढाड वाहेक घाँटी र कम्मर दुख्ने समस्या आउने सम्भावना हुन्छ । यो मेरो छोरीको मात्र समस्या होइन, प्राय शहरी क्षेत्रका धेरै विद्यालयका विद्यार्थिहरुको समस्या हो । देख्दा सामान्य लागे पनि यो विद्यार्थीको भविष्यका लागि प्रतिपादक छ । चेन्नाइमा निम्नमाध्यमिक विद्यालयका ५१० विद्यार्थीमा गरिएको एक अध्ययनले पनि देखाउछ, विद्यालयको झोलाको तौल र विद्यार्थीहरुमा माशंपेशी तथा ढाड दुखाइ समस्याको बीचमा प्रत्यक्ष सम्वन्ध छ ।
मातृभाषाको सिकाई उत्तम हुन्छ सानो उमेर समुहका बालबालिकालाई भन्ने प्रमाणित भइ सक्दा पनि मेरो एक कक्षा पढने छोरा वा छोरीले अंग्रेजीमा फरर् बोली, यति अंग्रेजी जानी, उती जानी भनि हामी अभिभावक हौसिने गछौ । प्राय निजि विद्यालयले पनि अतिरिक्त अग्रेजी भाषाका कितावका चाङ्ग नै लगाइ दिन्छन । फेरि हामी अभिभावक अझ हौसिन्छौ, मेरो एक कक्षामा पढने छोरा छोरीको यति वटा किताव पढनु पर्छ, हामी गर्व गछौ । निजि विद्यालयहरुमा पनि थप किताव पढाउने होडवाजी नै छ । तर, अभिभावकका गर्व र विद्यालयहरु प्रतिस्प्रर्धामा गधालाई भारी पुगेन भने झै दश के.जी.को भारी बोक्न पर्ने वाध्यताले हाम्रा छोराछोरी पिल्सीरहेका छन ।
त्यसैले विद्यालयका तथा अभिवावकहरुले यसवारे समयमा नै सोच्नु पर्ने देखिन्छ । कितावका भारी बोकाउदैमा विद्यालय गुणस्तरीय हुन्छ भन्ने भावनाबाट ग्रसित विद्यालयहरुले पनि सकभर विद्यार्थीलाई कसरी दैनिक कम किताव बोकी विद्यालय जाने भन्ने विषयमा संवेदनशिल हुनु पर्ने देखिन्छ । के हरेक कक्षाका लागि कक्षाकार्य कापी अलग अलग नै चाहिने हो त ? हिसाव विषयको कक्षामा के अंकगणित, बीज गणित र ज्यामिति एकै दिन पढाउने गरिन्छ र गरिएकै खण्डमा पनि फरक–फरक कापी कक्षाकार्य, गृहकार्य, जाँचका लागि चाहिने नै हो त ? यस्ता प्रकारका क्रियाकलापबाट उव्जीएका समस्याले कति बेफाइदा भइ रहेको छ त्यस्को पुनरावलोक गर्न जरुरी छ न की अघिल्लो वर्ष यस्तै थियो यो वर्षका विद्यार्थीले पनि गर्र्नै पर्छ भन्दा बिरालो वाधेको कथा जस्तै हुन जान्छ । विकशित देशमा जादा आफना साथिभाईका छोराछोरीले दुइ, तीनवटा किताव र सवै गृहकार्य दिएका पानाहरुमा नै गरेर हलुका झोला बोकेर गएको देख्दा नमच्चीने पीङ्गको सय झडका यहाँ हो की जस्तो लाग्ने । आखिर हामी चाहि किन यो ढर्रामा छौ, जति भारी वोकायो उती लगनशिलता वढछ भने झै । विद्यालय र अभिभावक दुवैले सोच्नु पर्छ, के वास्तवमा यसले हाम्रा केटाकेटीका लागि फाइदा गरि रहेको छ त वा यो केवल अस्वस्थ्य प्रतिस्प्रर्धा मात्र हो ।
मेरी भदै सधै एउटा ठूलो हिसाव राखिने श्रेस्ता जस्तो कापी बोकेर विद्यालय जान्थिन, अचम्म मानेर मैले सोधे “किन एउटै कापी त्यती ठूलो र अनि सधै बोकेरै जान पर्छ ?” “यो त नलगि हुदैन” उनले भनी, त्यसमा प्रत्येक दिन गरेका कक्षा कार्य सारेर भोलि पल्ट शिक्षकलाई देखाउनु पर्ने रहेछ । उसका लागि विषयगत गृहकार्य वाहेकको अतिरिक्त कार्य त्यो हुदो रैछ यो । सवै आफुसरका साथिसंगी खेल्न तल्लीन हुदा उ भने कक्षा कार्य मोटो कापीमा सारेर बसी रहन्थी विचरी । सोच्छु कक्षा कार्य किन फेरी सार्न पर्ने होला त्यो कापीमा ? के औचित्य होला? यसले फाइदा के होला ? के विद्यार्थीलाई रटाउने यो नौलो तरिका पो होकी ? के बढने उमेरका केटाकेटीले पढने मात्र काम हो र ? उनीहरुको शारिरिक विकासका लागि खेलकुद, रमाइलो र अन्य अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्दैन र ? नाम चलेको विद्यालय पढने मेरी ती भदैले यसबाट छुटकारा पाउन विद्यालय नै परिवर्तन गरि ।
हामी अभिभावक र विद्यालय दुवैले सोच्न पर्ने कुरा के छ भने, आखिर यसरी कितावका ठेली बोकाउदैमा मात्र उपयुक्त सिकाइ हुन्छ त ? कितावको ठेली बोकी विद्यालय गएको विद्यार्थीलाई यसले रचनात्मक सिकाइ गर्न कति अभिपे्ररित गर्ला र शारिरीक रुपमा कति सक्षम बनाउला ? कितावको ठेली बोकाउने अहिले विद्यालयहरु त्यति बेला हामीले पढेका विद्याालय भन्दा साच्चै नै गुणस्तर युक्त हुने हो र ? कुनै पनि सिकाइका निमित तनाव रहित मश्तिष्क र शारीरिक रुपका स्वस्थ हुनु आवश्यक हुन्छ । कितावको ठेली बोकेर विद्यालय जाने विद्यार्थी भोलिको दिनमा ढाड र कम्मर दुख्ने समस्याले ग्रसित भयो भने त उसले समाजलाई योगदान गर्न सक्छ त ?

No comments:
Post a Comment