Sunday, May 10, 2020

“मानसिक स्थिति ठीक थिएन रे ?” पीडितलाई प्रयोग गरिने सजिलो र सर्बमान्य अस्त्र (Bigul News, 2018)


“चौकी पुराइएका श्रीमानलाइ जव सोधिन्छ कीन कुटयौ श्रीमतीलाई, निर्घात चोटपटक लाग्ने गरि ? चौकीमा निहुरिएको श्रीमान झोक्रिदै भन्छ, भनेको मानिन हजुर, निहु मात्र खोजी रही । त्यस पछि संगै आएका उस्का आफन्त, साथिभाइ थप्छन, हो हजुर अलि त्यस्तै थिइ, विचरा यसले पनि के गरोस । अलि खुस्किएकी थिइ, मान्छे त यो असल हो, परिवन्दमा पर्यो विचरा, त्यस्तीसंग यस्को विहा भयो । अलि मानसिक स्थिति ठीक नभएकी आइमाइ हो हजुर त्यो । श्रीमानको निर्घात कुटाइ खाएर स्वास्थ्यचौकी पुगेकी श्रीमतीका बानी व्यवहारका वारेमा अनेक अडकलबाजी, आरोप प्रत्यारोप गरीन्छ, तर पिडितलाई के थाहा, चौकीमा उ माथिको हिसांका होइन उसको मानसिक स्थितिको पो चर्चा हुदै छ । अन्तमा, पीडकका साथि भाइ इष्टमित्र, छरछिमेकीका स्पष्टीकरणका आधारमा निक्योल निकालिन्छ, हो मानसिक स्थिति ठीक नभएर नै उस्ले पो झगडा गरि । अनि उस्ले वाध्य भएर पो कुटेको रैछ रे । पीडितका केही आफन्त, उस्को मानसिक स्थिति ठीकै थियो भनि कराए तर अधिकाशंलाई चुप लगाइए, कराउदाको परिणाम सम्झाइयो । आमाबाबु डराए, छोरीलाई ज्वाइले अव छोडने पो हो की, हामीले सधै हेर्न पर्ने पो होकी, समाजले के भन्ने हो, लोकलाज । ”  यो आज भन्दा १५ वर्ष अगाडि परिवार नियोजन संघमा कार्यरत मैले जिल्ला भ्रमणमा जादा देखेको घटना हो । यो आज भन्दा धेरै अगाडिको घटना भए तापनि, आज पनि यस्ता घटनामा कुनै तात्विक परिवर्तन नदेखिएको भान हुन्छ मलाई ।

हिजो आज पनि पत्रिका पढर्छु, जुनसुकै महिला हिसांका घटना अन्तिममा आएर ठोक्किने त पीडितको मानसिक स्थितिमा आएर रैछ झै लाग्छ ।  उच्च स्तरीय प्रहरीको श्रीमतीको हत्या प्रकरण होस, अभिनेत्रीका आत्महत्याका प्रकरण होस या गाउमा बोक्सीको आरोपमा निर्घात कुटपीट गरिएकी महीला हुन कतै न कतै उनीहरुमा मानसिक स्थिति ठिक थिएन रे भन्ने अस्त्र वा हतियार उनीहरुलाई प्रयोग गरिएको देखिन्छ । समाजमा यो एउटा सजिलो अस्त्र भएको छ पीडितलाई अझ पीडा दिन, अनि पीडकलाई उन्मुक्ति दिन । हुन पनि हो, हाम्रो समाजमा एउटाले भन्दीयो, एक कान दुई कान मैदान भने झै वनको डडेलो सरी अफवाह फैलाइन्छ, त्यो माथि कसैको मानसिक स्थितिमा गरिएको प्रश्न होस त त्यो कुन दरमा हावा सरी फैलिन्छ, सजिलै अनुमान लगाउन सकिन्छ । घाउ चोट पटक भए त सजिलै आखाँले देखिन्छ, हो होइन भन्ने प्रमाणित भै हाल्छ । तर यस्ता आरोपहरु प््रााय, पीडक पक्षका आफन्त नातेदार, साथि भाइद्धारा फैलाइने र अरुले घाउ चोटपटक जस्तो सजिलै देख्न नसकिने हुनाले र फैलाउन सजिलो हुने भएकै कारण यो अस्त्रको रुपमा प्रयोग प्राय भएको देखिन्छ ।

शारिरीक हिसांलाई मात्र हिसां मान्ने हाम्रो समाजमा महिलालाई गरिने मानसिक हिसां बारे चर्चा चल्नु पनि उत्तिकै आवश्यक छ । शरिरमा लागेको चोटपटकले महिलालाई हानी पुराए सर मानसिक हिसांले पनि महिलाको सामाजिक, आर्थिक र शैक्षिक पथमा हानी पुराइ रहेको हुन्छ । समाजको परिवर्तित रुपसंगै मानसिक हिसांको मात्रा वढने र शारिरीक हिसांका स्वरुप र संख्या घटने क्रममा भएको हो की भन्ने भान हुन थालेको छ । पीडित महिलालाई लगाइने “ मानसिक स्थिति ठीक थिएन रे” भन्ने बाक्य कुटपीट गरिएकी महिलामा’ शारिरीक हिसा सगैं आएका मानसिक हिसांको स्वरुप होइन र ? अव लेखाजोखा गर्ने बेला भइ सकेको छ । यस्तो अफवाह फैलाउदै हिडने पीडकका नजिका जुनसुकै पात्र, परिपात्र हुन उनीहरुले वोलेका शब्द शब्दलाई केलाउने र छानविनको दायरामा लेराउनु पर्ने देखिन्छ । कसैले बोल्यो, समाजले मान्यो भन्ने वातावरणको अन्त्य हुन आवश्यक छ । त्यस्ता मानसिक स्थितिको कुरा लिएर अपवाह फैलाउदै हिडने पात्रले कुन प्रमाणको आधारमा भन्यो र वोल्दै हिड्यो त्यसको छानविन भयो भने मात्र यस्ता गतिविधि रोकिन्छ र पीडितलाई साच्चिनै मानसिक हिसांको सिकार हुनबाट रोक्न सकिन्छ । 

पीडितका आफन्त नातागोताले पनि यस्ता हिसांमा परेका आफ्ना आफन्तलाइ लोकलाजका कारण मानसिक हिसां सहन वाध्य पार्नु हुदैन । जव बलात्कारको घटना आठ वर्षे वालिका देखि सत्तरी वर्षिय आमामा घटछ, लोकलाजले घटना लुकाइन्छ, पिडक उन्मुक्ति पाउछ । तर हिजो आज यो क्रम घटदो छ, र विस्तारै लाज त हिसां गर्नेलाई लाग्नु पर्ने हो, नकी हिसां भोग्नेलाई भन्ने भावना विकसित हुदै गएको भान हुन थालेको छ, जुन एकदम सकारात्मक पक्ष हो । अव, यस्तै प्रकारको भावना, मान्यताहरु म्हिलाका हिसांका अन्य स्वरुपमा पनि हुनु आवश्यक छ । बलात्कार र अन्य हिसांबाट पिडित र चरम दुखमा रहेकी महिलालाई आफन्त र समाजको साथ चाहिएको छ । समाजमा भएका दिदी वहिनी, दाजुभाइले महिलालाई लगाइएको मानसिक स्थिति ठीक नभएको आरोप वा हल्लालाई प्रमाण विना नबुझि होइन, प्रमाण सहित छानविन पछि मात्र स्वीकारी दिएको खण्डमा दुखमा रहेकी पिडित महिलालाई मल्हम हुने छ । यस्तो अफवाह कस्ले फिजाइ रहेको छ, के उ पीडकको नजिकको मान्छे हो की पीडितको त्यो आखा चिम्लेर स्वीकार्नु अघि हामीले पनि वुझ्नु जरुरी हुन्छ । यदि पीडक पक्षकाले भनेको भए, किन त्यसो भनियो यस्ले कस्लाइै बचाउ गर्छ बुझ्न जरुरी छ ।

पिडितका नातागोता र आफन्तहरुले समयमा विचार नपराउदा कतिपय महिला चरम मानसिक र शारिरीक हिसांको सिकार हुने देखि जीवननै वलिदान दिनुपर्ने स्थितिमा पुगेका कयौ घटनाहरु छन । त्यो स्थिति आउन नदिन हामी सवले समयमा नै मानसिक स्थिति ठीक छैन रे भन्दै अपवाह फैलाउदै हिडनेलाई प्रमाण सहित पेश गर्न लगाउने र पेश गर्न नसकेमा त्यस्ता व्यक्तिलाई पनि कानुनको दायरा ल्याउन जरुरी छ  र कडा कारवाही गरिनु पर्छ । मानसिक स्थिति ठीक छैन भन्ने प्रमाणित गर्ने आधार र वैज्ञानिक तत्थ्य पनि छन, के त्यो पीडीत संग मेल खान्छ त ? हुन त ुमहिलामा हुने हिसांको चर्चा गर्दा पुरुषमा हुने हिसांमा यस्ता अस्त्र साहै कम प्रयोग भई रहेको घटना क्रमले देखाउछ ।

श्रीमतीले आखा देखिन, बौलाइ भनि श्रीमानले अर्को विवाह गर्न पाउने समयको परिपेक्ष र आजको परिपेक्षमा फरक त पक्कै आएको छ, तर पनि अझ धेरै परिवर्तनको अपेक्षा गर्ने अवस्थाा त छदै छ । ६० वर्षको लाई १६ वर्षकी केटी विवाह गराइ दिन्छु भनेर हिडने लमीहरुको अझै पनि हाम्रो समाज प्रसस्तै छन ।

No comments:

Post a Comment

" फेसबुके माया " (2020)

              गाउँमा असी वर्षका बुबा , विदेशबाट छोराको फोन आउने आशामा बसेका छन । आज बुबाको जन्मदिन । छोरा बुहारीलाई नि सम्...