बलात्कार पछि बालिकाको हत्या, होटेलमा कामदार किशोरी बलात्कृत, बलात्कृत बालिकाको शव जंगलमा जस्ता समाचारहरु पत्रपत्रीका तथा सामजिक संजालमा दिइएका लींकमा पढदा जो कोहीको पनि मन चसक्क हुनका साथै आफ्ना छोराछोरीहरु प्रतिको जोखिम महशुश हुन थाल्छ । साधारणतया एक वयश्क व्यक्तिका लागि यौन शोषण वा बलात्कार पश्च्यातको मानसिक यातना कति पीडा दायक हुन्छ भनेर जो कोहीलाई अन्दाज लगाउन गाहे भईरहेको अवस्थामा, यौन वारेमा सोच्न पनि नसक्ने निर्दोष, कोमल ती बालबालिकाहरु जो यौन जन्य हिसांका शिकार भइरहेका छन तिनीहरु कस्तो मानसिक तथा शारीरिक पीडाबाट गज्रीएलान, ती कल्पना बाहिरका कुरा हुन । समाचारहरु पढदा, सुन्दा लाग्छ, यौन शोषणवाट गाँउ, शहर, सवै ठाँउका बालबालिका तथा किशोर किशोरीहरु प्रभावित छन । बलात्कृत दुई वर्षे बालिका, खुट्टा खोच्याउदै रगतका धारा चुहाउदै विद्यालय आएकी बालिका, यौन अंग सुन्नीएकी मृत फेला परेकी सात वर्षकी बालिकाका घटना सुन्दा मन भक्कानिएर आउछ । छिमेकी भारतको तथ्याङ्क हेर्दा पनि प्रत्येक दुईजना मध्ये एक जना बालबालिका यौन शोषण शिकार भएको देखिएको अवस्था छ । तर, नेपालको सही तथ्याङ्क नभएको स्थिति भएतापनि बाहिर आउने, नआउने घटनाक्रम हेर्दा आकडा यो भन्दा कम होला भन्न नसकिने स्थिति छ ।
बाल बालिकाहरुका यौन अंगहरु छुने र आफ्ना यौन अंग छुन लगाउने, कपडा खोली दिने, अस्लीन चलचित्र देखाउने देखि लिएर बलात्कार गर्ने र उनीहरु हत्यासम्म गर्ने क्रूर कार्यहरु बाल यौन शोषण र हिसांका स्वरुपहरु हुन । बालक तथा बालिका दुवैमा घट्ने यस्ता घटनाहरु प्राय चिने जानेका वाट नै हुने गरे तापनि कहि कतै नचिनेकाले पनि परिस्थितिको फाइदा उठाउदै यस्ता शोषणपुर्ण कार्य गरेको पाइन्छ । घरमा टीउसन पढाउन आउने शिक्षक वा शिक्षिका, घरमा संगै बसेका नातेदारहरु, आमाबुबाका साथिहरु, पारिवारिक मित्रहरु तथा छरछिमेकबाट थाहै नहूने अवस्थामा यस्ता शोषण सिकार बालबालिका भइ रहेका हुन्छन भने अर्को तर्फ नचिनेका वा अलिअलि चिनेका व्यक्तिहरुले विभिन्न प्रलोभनमा पारि बालबालिकालाई यौन शोषण तथा बलात्कार गरेका उदाहणहरु पनि भ्ोटिन्छन । अति हिस्रक घटना जस्तै बलात्कार पश्यात बालबालिकाहरुले पोल खोलिदिने त्रासमा प्राय बालबालिकाको हत्या भएको पाइन्छ ।
कतिपय यौन शोषणका घटनाहरु सानो तिनो घटनाबाट शुरु हुन्छन, आफुलाई कस्ले, के गरेको हो भन्ने बुझ्न नसक्ने अवोध बालबालिकाहरुबाट प्रत्यक्ष प्रतिकार हुन नसक्ने हुनाले लामो समय सम्म बालबालिका पिडित भइ अन्तिममा चरम यातनाको पनि शिकार हुने गरेका छन । यस्ता यौन शोषण तथा हिसांका घटनालाई कम गर्न र बालबालिकाहरुलाई यसको जोखिमबाट जोगाउन पारिवारिक दाहित्व पनि छ । हुन त बालबालिकाहरु सबै भन्दा वढी यौन शोषणको सिकार घर भित्रै आफन्त, चिने जानेकाबाटै भएका उदाहणहरु भेटिन्छन र बालबालिकालाई शोषण तथा हिसां हुनबाट बचाउन पहिलो दाहित्व त आमा बाबु कै हो । यसका लागि बालबालिकालाई सावधान गराउन पर्छ जस्तो की कसैले संवेदनशिल अंग छोएमा तुरुन्त त्यसको जानकारी आमा बाबुलाई गराउन प्रोत्साहित गर्ने । यसका लागि आफ्ना बालबालिकालाई डरत्रासमा राख्नु भन्दा पनि उनीहरुसंग दोहोरो सम्बाद हुन सक्ने वातावरण परिवार भित्र हुनु आवश्यक छ । प्राय शोषण गर्ने व्यक्तिले परिवार घुलमिल हुने र वालवालिका तथा परिवार मन जितेको व्यक्ति पनि हुन सक्छ । कतिपय अवस्थामा परिवारका सदस्यहरुले बालबालिकालाई भन्दा पनि उक्त व्यक्तिलाई बढी भरोसा र विश्वाश गर्ने गरेको पाइन्छ र जसको कारण यस्ता व्यक्तिले पटक पटक मौकाको फाइदा उठाइरहेका पनि हुन्छन । प्राय, हामी बालबालिकाका कुरा नसुन्ने र उनीहरुलाई नै हप्काउदा बालबालिकाले आफुलाई नै दोषी महसुस गर्छन । त्यसैले बालबालिका भरोसा गरि यस्ता घटनाका बारेमा जानकारी दिन खोज्दा आमाबाबु लगाएत परिवारका सदस्यहरुले यसलाई विश्वाश नगरी साधारण रुपमा लिदा पनि समस्या झन जटिल हुन जान्छ, बालबालिकाको मनमा ठेस लाग्न जान्छ र बालबालिकामा झन नकारात्मक प्रभाव पर्न सक्छ । आफ्ना छोराछोरीका कुरा ध्यानपुर्वक सुन्नु र उनीहरुको बाल सुलभपनको भरोसा गरी समयमा नै पाइला नचाल्दा कतिपय असहज परिस्थितिको सिर्जना हुने गरेको पनि छ । अर्कातिर कामकाजी आमाबाबुको बालबालिकासंग सम्बाद गर्न परयाप्त समय नहुनुका साथै आफूहरु कार्यलय गएको समय छरछिमेक, नातागोता आफ्ना छोराछोरीलाई विद्यालय पश्च्यात आफू नफर्कन्जेल राख्नु पर्ने बाध्यताका कारण पनि बालबालिकाहरु यस्ता जोखिममा परिको पत्तो नहुन सक्छ ।
फेरि कतिपय अवस्थामा यस्ता घटनाहरु परिवार भित्रैवाट पनि हुने हुनाले प्रतिष्ठाको विषयको रुपमा रही परिवार वाहिर आउन नदिने पनि गरेका छन । यसरी ठूला व्यक्तिहरुले त यस्ता घटनालाई लुकाउछन भने ती अवोध बालबालिकाले शोषकले गरेको धम्कीका अगाडि कसरी उभिएर प्रतिकार गर्ने वा आफु भन्दा ठूला परिवारका सदस्यलाई भन्न सक्ला त ? कतिपय अवस्थामा घर भित्रै ज्यादै नजिकको व्यक्तिबाट पिडित भएका बालबालिकाहरुको समस्या शिक्षक शिक्षिकाले पनि सुल्झाउन सक्छन । आमाले छोडेर गएकी एक बालिका घरभित्र बाबुद्धारा प्रताडित हुदा शिक्षिकाले पत्ता लगाई उनलाई समस्याबाट उम्काएको घटना पनि छ । अर्को तिर विद्यालयमा शिक्षक वा शिक्षिका वा अन्य व्यक्तिबाट शोषित हुदा आमाबाबु, हजुरआमा बुबा, काका काकी, फुपू वा जो कोही बालबालिकाले भरोसा गर्ने व्यक्तिहरु यस्ता समस्या सुल्झाउन सक्छन ।
यौन शोषणमा परेका बालबालिकाहरुको पढाइ विग्रदै जाने, निरास रहने, कम बोल्ने, अत्यन्त एक्लो महसुस गर्ने, शोषकलाई देख्नासाथ उबाट टाढा बस्न रुचाउने जस्ता क्रियाकलाप देखिएको खण्डमा आमाबुबा चनाखो हुन जरुरी हुन्छ । बच्चा कम बोल्ने वा पढाइको रिपोर्ट नराम्रो आउदा बालबालिकालाई हप्काउने, गाली गर्ने जस्ता भुलबश हुने आमाबाबुका क्रियाकलापले बालबालिकाहरु झन समस्या थोपरिन्छन् । बालबालिकाको समस्याको जड के हो भनि खोज्दै जादा कहिले कतै आफ्नै बाल बालिका यस्ता समस्यामा परि रहेको पनि हुन सक्छन। चुरो कुरा पत्ता लगाइ तुरुन्त त्यसको समाधानका बाटो पहिल्याउन नै बुद्धिमानी हुन्छ । यौन शोषण र हिसांका कारण कतिपय बालबालिका वर्तमान मात्र अन्धकार नभइ भविष्य पनि मानसिक समस्यामै अल्झिका उदाहरणहरु पनि भेटिन्छन।
हुन त यस्तो प्रकारका अपराध गर्नेलाई हदै सम्मको सजायको भागी बनाउनु पर्ने भएतापनि, देशका कानून अझै बालबालिकामा हुने यौन र हिसा अनगिन्ती समस्याहरुलाई समेटन नसकि रहेको अवस्था छ । अपराधी परयाप्त कानून र फितलो आधारमा सजायका भागि बनाउन नसक्नु पनि हाम्रो विडम्बना हो । बलात्कार सम्वन्धी कानूनको दायरा कमजोर भइरहेको र प्रचलित कानूनको दायरा फराकिलो नपारीको हुनाले अपराधी उम्कने अवस्था रहेको छ । बलात्कारको परिभाषा र प्रमाणका विषय फराकिलो पारिनु पर्ने र हदम्यादको तगारो हटाउनु पर्ने वारेमा बेला बेलामा वहस चल्ने र हराउने गरेको र अखवारमा आउने निर्दोस बालिकाहरुका बलात्कारका समाचार केवल समाचार मात्रै भएर रहेको अवस्थामा अझै कति हाम्रा ती बालिका तथा महिलाहरुले प्रताडिन हुनु पर्ने हो वा ज्यान गुमाउनु पर्ने हो । फेरि यस्ता समस्या लोकलाजका कारणबाट अति हिंस्रक रुपमा प्रस्तुत नभए सम्म लुकाएर राख्ने र खुलेर विरोध गर्न नसक्ने प्रवृतिका कारण पनि ती अवोध बालबालिकाले समस्या भोग्न वाध्य भएका छन् । ठूलाले जे भनेको पनि मान्नु पर्छ, ठूलाले भनेका सवै कुरा ठिक भन्ने खालको सिकाइ र संस्कृतिका कारण पनि आफूमा अन्याय भइरहेको हो की होइन भन्ने कुरा ती निर्मल, कन्चन र अवोध बालबालिकालाई छुट्टयाउन नसकीरहेका अवस्था छ । वास्तवमा जो बालबालिका, किशोरकिशोरी यस प्रकारका समस्यामा परेका छन, उनीहरु लज्जीत हुने होइन, खुलेर बोल्न सक्ने बनाउने खालको पारिवारिक वातावरण, शिक्षा र कानून आजको आवश्यकता हो ।
No comments:
Post a Comment