एकातिर चाउचाउ, पाच किलो चामल, नुन, तेल, साबुन दान लिदै गरेको तस्वीर सामाजिक संजालमा नदेखाइदिने हो भने दानवीर नकहलिने विडम्बना छ । अर्कोतिर सानो तिनो सहयोग लिनु परेकोमा केहीको अनुहारमा हिनतावोध, लाज र निरिहता झल्कीन्छ । आजको समाज देखावटी क्रियाकलापमा वढी अल्झीएको भान हुन्छ । दान भनेको आफ्नो मनको शान्तिका लागि गरिने पुण्यको काम हुनु पर्ने हो तर हिजोआज धेरै जसो सहयोग, दान केवल आफु शक्तिशाली, उदार र समाजलाई देखाउनका लागि गर्ने क्रम बढदो छ । पाच किलो चामलका झोला तिर भन्दा पनि सहयोग दिनेका आखा क्यामारा तिर तेर्सिनु त्यही देखावटीपनको मनोविज्ञानलाई दर्शाउछ । कयौले सहयोग र दानलाई राजनितिक खुटकिलो उक्लने माध्यम, कालोधनलाई सेतो पार्ने बाटा र कर बचाउने उपाय मानेका पनि छन । यसरी हिजोआज एकथरी दानवीरहरु पर्दा अगाडि वा सामाजिक संजालका भित्तामा दानवीर बनि रमाइ रहेका छन ।
हुन त दानको महत्व परापूर्वकालदेखि नै रहि आएको छ । कथा, दन्त्यकथा, कविता आदिले दानको महिमा र दानवीरहरुको गुनगान गर्दै, सवैलाई दानवीर बन्न उत्प्रेरणा दिएका थुप्रै उदाहरण छन । दानवीरको उदाहरण दिदै नैतिक शिक्षा दिन प्रस्तुत गरिएका कथाका पात्रहरुमा मुख्य गरि कर्ण, राजा शिवी, राजा हरिशचन्द्र, मदनसेन आदिका नाम अग्रपंक्तीमा आउछ । जन्मीदै लगाएर आएको कवच आफ्नो कवच र कुन्डल दान गर्ने कर्ण मृत्युसय्यामा समेत आफ्ना सुनको दात भाची दान दिन नहिचकिचाउने पात्र हुन । त्यसैले त आज दानवीरहरुको महिमा गाउदा उनको नामको अगाडि दानवीर शव्द झुण्डिएर आउछ । आफनो शरिर काटी बाजलाई दान गरी परेवा वचाउने राजा शिवी हुन या सर्वस्व दान गरि मसानघाटमा पुगेका राजा हरिशचन्द्र हुन सवैले दान दिने चरम विन्दु पार गरेको मानिन्छ । हुन त आजको युगमा यही तौर तरिकाको दान दिन सम्भव हुदैन वा बुद्धिमानी मानिदैन तर पनि आफुले सकेको अभावमा परेकालाई दान दिनुलाई अझै पनि हरेक धर्म र समुदायमा पुण्यको काम नै मानिन्छ ।
आफुले सक्ने र आफ्नो परिश्रमले आर्जेको धनका अंश निस्वार्थ भावमा अहकांर रहित भएर अति आवश्यकता भएकालाई सहयोग गर्नु पुण्यका काम हो । परापुर्व कालमा दानवीर बन्ने होड राजा महाराजाहरुमा हुन्थ्यो । दान दिइ चक्रवर्ती बन्ने चाहना बोकेका राजा मदनसेनले आवश्यकता नभएका जनतालाई पनि दान दिई आलस्य बनाइ दिएका थिए । यसरी मनमा अहकांर, आफुलाई दानवीर राजा प्रमाणित गर्न आवश्यक भएका र नभएका सवैलाई अष्टलक्ष्मीवाट प्राप्त कृपा धन दान गर्ने राजा मदनसेनको अहकांर कसरी चुर भयो भन्ने प्रसंग यहा जोडदा सान्दर्भिक छ । धनको अहकांरले ऋषीलाई तुलादान गर्न तम्सीएका राजा मदनसेनलाई भएको सवै दान गरि सक्दा पनि दान पुरा दिन नसकेच तुलादानको क्रममा भिखारी बनेका थिए । त्यसैले अरुलाई देखाउनका लागि मनमा धनको अहंकार लिइ मनमा स्वार्थ लिइ दान दिनुको औचित्य छैन भन्न्ो देखिन्छ । आज हाम्रो समाजमा पनि राजा मदनसेन जस्तै अरुलाई दानी भएको देखाउन स्वार्थ, अहकांर राखि दान वा सहयोग गर्ने परिपाटी चुलिएको सामाजिक संजालमा आएका फोटोले प्रष्टाउछ ।
पर्दा अगाडिका दानविर कर्णहरुको प्रसंग खोतलि रहदा, पर्दा पछाडी आफ्नो हरेक दिन एक मुट्ठी जोगाइ आवश्यक परेको थालमा चुपचाप भात पुराउने दानवीरहरु हाम्रो समाजमा पर्दा पछाडिका नायक हुन । कोरोनाको कहरमा छाक टार्न धौधौ भएकाको मुखमा माड कसरी लगाउने भन्ने चिन्ताले वासमतीको सट्टा सस्तो, छाकमा तरलङ्ग झोल हालेको तिहुनमा चित्त बझाइ सुटुक्क सहयोग गर्ने दानवीरहरु पनि थुप्रै छन । आज पनि कोरोनाका कहर बीच, ती पर्दा पछाडिका कयौ दानवीरहरु निस्वार्थ भावमा आवश्यकता परेकाका लागि सहारा बनी रहेका छन र नसक्नेको गर्जो टार्दी रहेका छन । न तिनलाई दानवीर उपमा पाउने रहर छ, न तिनलाई सन्जालको वाहवाहीमा रमाइ गमक्क हुने चाहना छ । सायद, यी दानवीरहरु मनमा संतोष लिइ पुन्य कमाइ रहेका छन । तीवाट प्राप्त राहतले गर्जो टरेकाहरुले निरिह अनुहार सहित सामाजिक संजालमा पाच किलोको लागि लज्जीत हुनु परेको छैन । मन मनै ती दुखको वेलामा खुशि भएका आत्माले आशिष दिदै होलान । सलाम छ ती सब पर्दा पछाडिका दानवीर कर्णहरुलाई जसले अहंकार त्यागी, निश्वार्थ भावमा प्रचार प्रसार विना आवश्यक परेकाको सहयोगमा जुटी रहेका छन !
No comments:
Post a Comment