जव मदारीले मादल, डमरु ठोक्छ, जमुरे नाच्न थाल्छ
। ढङ्ग, ताल मिलोस, नमिलोस उ बुरुक्क उफ्रीन्छ, किसिक किसिमको अनुहार लाउछ । वरिपरि
थुप्रिएको भिड तालि पडकाउ छन, उ आफुले के के न गरिछु भन्ठान्छ, झन बेजोडले मर्किमर्कि
नाच्न थाल्छ । तालीको गडगड बढदै, पैसा थुप्रिदै जादा मदारीको अनुहारमा मुस्कान छछल्कीदै
जान्छ, जमुरे झन बेजोडले उफ्रीन थाल्छ, मदारी पैसा टिप्दै जान्छ । जमुरेको लागि मदारी
नै सबै थोक हो, अन्नदाता, भगवान, मालिक आदि । जमुरे मदारीको डमरुको तालमा नाच्दै कयौ
वर्षसम्म हिडछ, रमाउछ । नाचुन्जेल ताल, बेतालमा नाची रहन्छ । केवल मदारीको तालमा नाच्नु
नै उसको जीवन हो । सायद, जमुरे पनि सोच्दो हो कहिले सम्म नाच्नु ? भोलि नाच्न सकिन
भने के होला ? के म पनि कुनै दिन मदारी हुन सकुला र अर्को जमुरेलाई नचाउन सकुला ? अन्तरमनको
प्रश्नहरु समभ्याउदै उ नाच्दै जान्छ, मदारी नचाउदै जान्छ । एक अर्काको विश्वासमा टिकेको
जमुरे र मदारीको नाता समयको गतिसंगै अवीरल बग्दै जान्छ । विचमा कहिले मदारी फेरिन्छन,
कहिले जमुरे फेरिन्छ तर नाच्ने र नचाउने क्रमभंगता कहिल्यै हुदैन ।
मदारी जमुरे फेर्छ, अझै नाच्न जान्ने र बफादार जमुरे
सधै खोजी रहन्छ । पुरानो जमुरे नयाँ मदारी कहाँ पुग्छ । जमुरे जीवनभर मदारीको खुट्टामा
फुटबल जस्तो यताउता गर्दे बिताउछ । कहिले जमुरे आफै मदारी फेर्छ, कहिले मदारीले जमुरेलाई
फुटबल जस्तै हुत्याइ दिन्छ । हरेक पटक हुत्याउदा, उ लडछ अनि फेरि उठछ र नयाँ मदारीलाई
अनेक हाउभाउसंग नाची खुशि पार्न केहि कसर छोडदैन । मदारीले चस्मा लगा भनि दिन्छ, उ
लगाउछ र दर्शक तिर हेर्छ, हास्छ । जस्तो रंगको चस्मा मदारीले लगाइ दिन्छ, उसले संसार
उस्तै देख्छ । नयाँ मदारी भेटे पछि, सुनौला भविष्यको कल्पना डुब्छ तर उहि नाँच, उही
ताल त्यहा पनि । दिक्क मान्छ तर गरोस के, जमुरेले मदारीको डमरुको तालमा नाच्न बाहेक
अरु के नै जानेको छ रे जीवनमा । मदारीको संगत परेदेखि न जमुरेले आफ्नोलागि केही गर्न
सक्यो, न कसैको लागि गतिलो सहयोग नै । आजकल जमुरे एउटा यान्त्रिक रोर्बट जस्तै बनेको
छ । जमुरे आफ्नोलागि तयार गरी दिएका गीतमा नाच्नु र अनेकथरी गरि मुख बङ्खयाउनु, कम्मर
हल्लाउनु, उसको दिनचर्या बनेको छ । कतिपयले जमुरेलाई श्रीरामका भक्त हनुमानसंग पनि
दाजेका छन । तर त्यो कसरी जायज होला र ? कहा मर्यादा पुरषोत्तम श्रीरामका परमभक्त हनुमान,
कहाँ मदारीका तालमा नाचेर हिडने जमुरे ।
हनुमान भक्तिका उदाहरण थिए । श्रीरामको लागि उनको
भक्ति सत्य र अन्यायको विरुद्धको लडाइमा टिकेको थियो । उता जमुरे र मदारीको सम्वन्ध
रोजीरोटीमा टिकेको छ । श्रीरामको सत्यपरायणताले नै हनुमान र श्रीरामको सम्वन्ध दरिलो
बनेको थियो र उनको रामप्रतिको भक्तिभाव उच्चकोटीको थियो । तर जमुरे न मदारीले गराएको
ठिक, बेठिकको निक्योल गर्न सक्छ, न सत्य चिन्छ, न असत्य, न पाप, न पुन्यवारे जानकारी
राख्छ, न मदारीको साथ छोडन सक्छ । जमुरेलाई कसरी अनुहार र हाउभाउको आधारमा मात्र हनुमान
भन्न सकिन्छ र ? जमुरे आफ्नो मालिक, अन्नदाताका असल, खराब सब क्रियाकलापको साक्षी हो,
साथ हो ।
जमुरेको मालिक भक्तिलाई भारतिय चलचित्रका पात्र “कटप्पा” को मालिक
भक्तिसंग दाजेर हेर्दा चाहि केहि न्याय हुन्छ । नुनको सोझो गर्न जस्तासुकै अपराध गर्न
तम्सीने कटप्पा र मदारीले जसरी नचायो उसरी नाच्ने जमुरे केही हदसम्म समानता छ । जमुरे
मदारीको कुरालाई आखाँ चिम्लेर स्वीकार गर्छ । मदारी जसो अह्रायो उसै गछर्, किनकी जमुरेको
घाटीको डोरी मदारीको हातमा हुन्छ र जमुरे तोकिएको घेरा भन्दा यताउती गर्न सक्दैन ।
उ केवल मदारीले नाँच देखाउन कोरेको घेरा भित्र दर्शकले ताली पडकाउन्जेल रहन्छ । उसलाई
मदारीसंग फुस्केर जाने चाहना नभएको भने पक्कै होइन तर कसरी फुस्किन र पुरानो जीवनमा
फर्किन सक्छ किनकी उसले जीवनका कयौ बसन्त मदारीको साथमा नै बिताइ सकेको छ । उसलाई त्यही
काम सजिलो र मुखको माड । फेरी उसले आफु पनि मदारी बनी आफु जस्तै जमुरे नचाउने सपना
मारी सकेको छैन, साचेरै राखेको छ । त्यसैले जमुरे एक मदारी हुदै अर्कोका पुग्छ, लाचार
बनी, फेरि सुनौलो भविष्यको खोजीमा उही पुरानो मदारी कै आइ ठोक्किन्छ । यसरी जिवन बिताइ
रहेको जमुरेलाई कर्तव्यनिष्ठ श्रीरामका भक्त हनुमानसंग किन तुलना गर्ने र उही नाम किन
दिने ? उ हाउभाउ, रुपरंग र दैनिक क्रियाकलापको आधार र दृष्टिमा जमुरे नै हो ।
झुण्डझुण्ड भएर बसेका कुण्डकुण्ड पानी, मुण्डमुण्ड
बुद्धि भएका जमुरेको हुलको आजकल व्यावसायिक खेती नै गरिएको छ । यिनलाई अरिगांल भन्दा
चै फरक नपर्ला । कुनै प्रसंग उठ्यो भने एक तमासले अरिगांलले झै चिल्न आइ पुग्छन । यसरी
अरिगांल हुलमा हुनुमा जमुरेको आफ्नै प्रतिष्ठा छ, फुरुक्क पर्छ । अरिगांलले झै प्रोगाम
फीट गरिएका यी जमुरे रोर्वट एक्काइसौ सताब्द्धी उदाहरण नै हुन भन्दा फरक नपर्ला । आखिर
जमुरे रोर्वटलाई काम लगाउन यति सजिलो छ, किन मानिसलाई लाखौ खर्च गरि रोर्वट बनाउनु
पर्यो झै लाग्ने । जमुरे नाँच भन्दा नाच्छ, चिल भन्दा चिलिदिन्छ । आजकल मदारीहरु पनि
संगठित छन । मदारीका संगठनले निर्धारण गरेको गित र तालमा नै मदारीले जमुरेको नाँच सामाजिक
संजाल, अनलाइन, पत्रपत्रीकामा प्रदर्शन गर्छन । “चेन अफ कमाण्ड” का दह्रो
पालना हुन्छ । ताल र धुनमा तल माथि पर्ला भनि हरेक जमुरे सजक रहन्छ ।
आज हरेक साना ठूला नेता मदारी बनी जमुरेहरु नचाइ
रहेका छन । जमुरेले मालिकको हर राम्रा-नराम्रा, सही-गलत हर कामलाई साथ दिएका छन । मालिकका
फाटेका जुत्ता टाल्नेदेखि जुत्ताको तलुबा चाटने सम्मका कार्य धक नमानी गर्छन । तिनको
कामको सिमा रेखा छैन । मदारीको भरणपोषण जमुरेले गर्छ, जमुरे मदारीको सहयोगमा बाच्छ
। काममा न नैतिकताको रहन्छ, न अन्यायको विरुद्ध प्रश्न गरिन्छ । कतिपय अपराधिक क्रियाकलापको
पनि संगठनको निर्देशनमा जमुरे खुलेरै प्रशंशा गर्छन । भरखरैको घटनामा पनि, छुवाछुत
जस्तो कुप्रथाका कारण मारिएका ठीटालाई हुल बाधेर छोरी अपहरण गर्न गएका हुल भनि अन्यायलाई
साथ दिने जमुरे, कटप्पा, अरीङ्गाल जो सुकै हुन ती गोपीकृष्ण रटाएका सुगा सर नै हुन
। हनुमान, कटप्पा, अरीङ्गाल जे नाममा एक अर्कामा आक्षेप लगाए पनि, प्रतिसोध साधे पनि
ती किसानले एउटै ड्याङ्गमा रोपेका मुलासर हुन, तिनमा तात्विक भिन्नता छैन ।
जमुरे झै नाच्ने र रोजीरोटीको जोहो गर्ने काम प्रमुख
बनिदिएको छ । हरेक दल भित्र जमुरे एक दिन मदारी बन्ने सपना देख्छ । कुनै जमुरेको सपना
साकार हुन्छ, कुनैको सपना त्यसै तुहिन्छ । जिवनभर जमुरे बन्छ तर कहिल्यै मदारी बन्न
सक्दैन । जीवनका कयौ बसन्त मदारीसंग विताउदा विताउदै, उसका जीवन ओइलाउन थाल्छ, अनि
बल्ल जमुरे आफुले छोडदै गएका बाटा फर्कदै हेर्न थाल्छ र समयले मेखो काटेसंगै जमुरे
कथा आत्मकथाको रुपमा बजारमा आउछ । दर्शक पढछन तर त्यो सवैको लागि किन प्रेरणा बन्थ्यो
र ? जमुरेको जीवन केवल, एक कागतको खोस्टा मात्र हो हाम्रोलागि ।
Super write up.. Keep it binny.. 😍
ReplyDelete